काठमाडौं ः कुमारी बैंक लिमिटेडले ९१ हजार कित्ता बढी संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ९१ हजार ६३८ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
बैंकको शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आवश्यक कागजात सहित आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । शेयर खरिदका लागि बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नागपोखरी, नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने बैंकले जनाएको छ ।
Advertisment