काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश नदिने घोषणा गरेको छ । शुक्रबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आवको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु लगायत लेखा सम्बन्धी नीति तथा टिप्पणीहरु माथि छलफल गर्ने निर्णय गरेको छ । साथै लाभांश वितरण नगर्ने प्रस्ताव राष्ट्र बैंकका पेश गरेको कम्पनीले जनाएको छ ।
Advertisment