Below Menu
Below Menu

८१ अर्ब बढीका नौं वटा सरकारी ऋणपत्र नेप्सेमा सूचीकृत 

८१ अर्ब बढीका नौं वटा सरकारी ऋणपत्र नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको नौ ओटा विकास ऋणपत्र सूचीकृत भएको छ । शुक्रबार नेप्सले सरकारको तर्फबाट राष्ट्र बैंकमार्फत निष्कासन गरेको विकास ऋणपत्र सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार ८१ अर्ब २५ करोड रुपैयाँ बराबरको नौं वटा विकास ऋणपज्ञ सूचीकृत भएका हुन । जसमा ६ वर्ष अवधिका २०८६ ‘ज’, २०८६ ‘झ’ , २०८६ ‘ट’, २०८६ ‘ञ’ र २०८६ ‘ठ’ रहेका छन् ।

त्यस्तै ५ वर्ष अवधिको २०८५ ‘ञ’ र ८ वर्ष अवधिका २०८८ ‘ग’, २०८८‘ङ’ र २०८८ ‘घ’ सूचीकृत भएको नेप्सेले जनाएको छ । सबै ऋणपत्रको ब्याजदर ७ प्रतिशत रहेको छ । 

उक्त विकास ऋणपत्र राष्ट्र बैंकद्वारा २०८० भदौ ११ गतेदेखि असोज २६ गतेसम्म निष्कासन गरिएको थियो । 

Advertisment

थप समाचार