Below Menu
Below Menu

लक्ष्यअनुसारको राजस्व नउठ्दा सरकारी वित्त घाटामा, एक महिनामा करिब २३ अर्ब घट्यो निक्षेप

लक्ष्यअनुसारको राजस्व नउठ्दा सरकारी वित्त घाटामा, एक महिनामा करिब २३ अर्ब घट्यो निक्षेप

काठमाडौं : एक महिनामा सरकारी खाताबाट करिब २३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । राष्ट्र बैंकको अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा सरकारी ढुकुटीमा एक खर्ब २५ अर्ब ४५ करोड ९ लाख रुपैयाँ मौज्दात रहेको छ ।

उक्त मौज्दात गत असोज महिनाको तुलनामा १५.४४ प्रतिशतले घटेको हो । जबकी असोज मसान्तसम्म सरकारी निक्षेप १ खर्ब ४८ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ रहेको थियो । कात्तिक मसान्तसम्म आइपुग्दा उक्त निक्षेप २२ अर्ब ९२ करोड २४ लाख रुपैयाँले घटेको हो ।

२०८० असार मसान्तसम्म ४५ अर्ब ११ करोड ५७ लाख रुपैयाँ रहेको सरकारी निक्षेप चालु आवको असोज मसान्तसम्म आइपुग्दा १ खर्ब ३ अर्ब २५ करोड ७६ लाख रुपैयाँले बढेको थियो । 

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा लक्ष्यअनुसार राजस्व संलकन गर्न नसक्दा सरकारको ढुकुटी घाटामा गएको हो । राजस्व असुलीमा सुधार नहुँदा सरकारी वित्त चरम दबाबमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

सरकारी वित्तमा दबाब बढ्दै गएपनि बाह्य क्षेत्रमा भने सुधार हुँदै गएको राष्ट्र बैंकले जनाएको छ । शोधनान्तर स्थिति र विदेशी विनियम सञ्चिति लगातार बढ्दै जाँदा चालु खाता पनि बचतमा रहेको छ । रेमिट्यान्समा भएको उल्लेख्य सुधारले बाह्य क्षेत्र सुधार हुँदै गएको हो ।

Advertisment

थप समाचार