काठमाडौं : उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ । संस्थाको एफपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा शक्रुबार बिहान बाँडफाँट भएको हो ।
संस्थाको एफपिओमा अन्तिम दिनसम्म ११ लाख २२ हजार ९११ जनाले १ करोड २४ लाख ४३ हजार ६६० कित्ताका लागि आवेदन दिएका थिए । जुन माग भन्दा ६९.७३ गुणा बढी हो । आवेदन दिएकामध्ये १० लाख ७२ हजार ४४३ आवेदन स्वीकृत भएको थियो भने ३२५ आवेदन रद्द भएको थियो।
माग भन्दा बढी आवेदन परेको हुँदा एफपिओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा १७ हजार ८४५ जनाले १०÷१० कित्ताका दरले शेयर हात पारेका छन् । सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तल गत कात्तिक २१ गतेदेखि एफपीओ जारी गरेको थियो ।
संस्थाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा एक करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता शेयर निष्काशन गरेको हो ।
Advertisment