Below Menu
Below Menu

उन्नति सहकार्य लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुने

उन्नति सहकार्य लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं : उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओको बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार संस्थाको एफपिओ (मंसिर ८ गते) शक्रुबार बिहान बाँडफाँट हुनेछ ।

संस्थाको एफपिओमा अन्तिम दिनसम्म ११ लाख २२ हजार ९११ जनाले १ करोड २४ लाख ४३ हजार ६६० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा ६९.७३ गुणा बढी हो । एफपिओमा ११ लाख भन्दा बढीको हात रित्तो हुने भएको छ ।

माग भन्दा बढी आवेदन परेको हुँदा एफपिओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १७ हजार ८४५ जनाले १०/१० कित्ताका दरले शेयर हात पार्नेछन् । सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तल गत कात्तिक २१ गतेदेखि एफपीओ जारी गरेको थियो । 

संस्थाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा एक करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता शेयर निष्काशन गरेको हो । 

Advertisment

थप समाचार