Below Menu
Below Menu

सिद्धार्थ बैंकको करिब साढे पाँच लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा

सिद्धार्थ बैंकको करिब साढे पाँच लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं : सिद्धार्थ बैंकले करिब साढे पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको पाँच लाख ४९ हजार ५७३ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

बैंकको शेयर खरिदका गर्न संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना प्रकाशित गरिएको थियो । तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि बैंकले सर्वसाधारणका लागि शेयर बिक्रीमा ल्याएको हो ।

बैंकको शेयर खरिद गर्ने इच्छुक शेयरधनी र सर्वसाधारणले आवश्यक कागजपत्र सहित सूचना प्रकाशित भएको सात दिन भित्र बैंकको केन्द्रीय हात्तिसारमा आवेदन पेश गर्नुपर्ने छ ।

Advertisment

थप समाचार