काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैंयाँ बराबरको निक्षेप संकलन गर्न बोलपत्र आह्वान गरेको छ । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले यस्तो जनाएको हो ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल मंसिर ०६ गते हुनेछ । बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी ७ दिनको लागि निक्षेप संकलनको बोलकबोल तथा निष्काशन गर्ने भएको हो ।
निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी मंसिर १३ गते हुने बैकले जनाएको छ । राष्ट्र बैंकका अनुसार कम्तिमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्नुपर्नेछ ।
धितोसम्बन्धी व्यवस्थामा यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने राष्ट्र बैकले जनाएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।
समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा प्रो–रेटाका आधारमा बाँडफाँड गरिनेछ । आव्हान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार विभागलाई रहनेछ ।
स्वीकृत भएका बोलपत्र वापतको रकम बैंकले सम्बन्धित काउण्टरपार्टीको यस बैंकमा रहेको खाता खर्च गरी लिनेछ र बैंकमा संकलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्नेछ । बोलपत्र स्वीकृत भएका काउण्टरपार्टीको खातामा सो उपकरण निष्काशन गरिने दिनमा मौज्दात पर्याप्त नभएमा त्यस्ता काउण्टरपार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ ।
निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंक स्थित खातामा जम्मा गरिनेछ । निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी एयचतायष्यि हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइनेछैन । तर, यस बैंककोनिर्देशन बमोजिम कायम राख्नुपर्ने सिआरआर तथा तरलता अनुपातमा गणना गर्न पाइनेछ ।
संकलित निक्षेप रकम भुक्तानी मिति अगावैसम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा प्रि म्याअुअर भुक्तानी नहुने बैंकले जनाएको छ ।
छैन ।
Advertisment