काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाको तुलनामा मंंसिरमा विभिन्न खातामा प्रदान गर्दै आएको ब्याजदर घटाएको हो । उक्त ब्याजदर मंसिर १ गतेदेखि लागू हुने छ ।
मैसिर महिनाका लागि बैंकले साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ५०५ प्रतिशत ररेमिट्यान्स बचतमा ६.०५ प्रतिशत ब्याज दिने भएको छ । यसअघि कात्तिकमा बैंकले ४.२५ प्रतिशतदेखि ५.३० प्रतिशत र रेमिट्यान्स खातामा ६.३० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
बैंकले मंसिर महिनाका लागि मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र ब्यक्तिगततर्फ ८.९७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यसैगरी बैंकले रेमिट्यान्स बचत खातामा ९.९७ प्रतिशत ब्याजदर तोकेको छ । यस अघि कात्तिकमा बैंकले ब्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको थियो ।
Advertisment