Below Menu
Below Menu

कृषि विकास बैंकको ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

कृषि विकास बैंकको ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

काठमाडौं : कृषि विकास बैंकले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । मंसिर १ गतेदेखि लागू हुने गरी बैंकले विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार मंसिर महिनाका लागि साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ६.७५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यसका साथै साधारण रेमिट्यान्स बचतमा पनि ८ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।

मंसिर महिनाका लागि बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ८.०१२ प्रतिशत र ब्यक्तिगततर्फ ९.५१२ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स बचत खातामा १०.५१२ प्रतिशत ब्याजदर तोकेको छ ।

Advertisment

थप समाचार