Below Menu
Below Menu

एभरेष्ट बैंकको अध्यक्षमा वैद्य नियुक्त 

एभरेष्ट बैंकको अध्यक्षमा वैद्य नियुक्त 

काठमाडौं : एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । बिहिबार बसेको बैंकको सञ्चालक समितिको बैठकले डा. वैद्यलाई बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

अध्यक्षमा नियुक्त भएका डा. वैद्यले आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको सपथ लिने भएका छन् । डा. वैद्य यसअघि बैंकका संचालक समितिका सदस्य रहेका थिए ।

बैंकका अध्यक्ष बिके (विष्णुकृष्ण) श्रेष्ठको निधन भएपछि रिक्त रहेको सो पदमा उनलाई नियुक्त गरिएको हो । श्रेष्ठको कात्तिक ६ गते सोमबार ९४ वर्षको उमेरमा निधन भएको थियो ।

Advertisment

थप समाचार