Below Menu
Below Menu

साना किसान लघुवित्तले कमायो ३० करोडबढी नाफा, प्रतिशेयर आम्दानी कति ? 

साना किसान लघुवित्तले कमायो ३० करोडबढी नाफा, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले ३० करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २९.४८ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले २३ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै संस्थाको नाफा बढेको हो ।

गत आवको सोही अवधिमा कम्पनीले ४३ करोड ९ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने चालु आवको असोज मसान्तसम्म संस्थाले ५१ करोड ६५ लाख तीन हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा संस्थाको ब्याज आम्दानी १९.८६ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी १९.८८ प्रतिशत र सञ्चालन नाफा २९.७० प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीको नाफा बढेसँगै संस्थाको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा २३ रुपैयाँ ३३ पैसा ऋणात्मक रहेको संस्थाको प्रतिशेयर आम्दानी बढेर चालु आवको असोज मसान्तसम्म आइपुग्दा ३६ रुपैयाँ १९ पैसा पुगेको छ ।

त्यस्तै यस अवधिमा कम्पनीको निष्क्रिय कर्जा भने ०.७५ प्रतिशतबाट बढेर ०.८१ प्रतिशतमा पुगेको छ । प्रतिशेयर नेटवर्थ २६८.८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २४.०४ गुणा रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा लघुवित्तको वितरणयोग्य मुनाफा एक अर्ब ९० करोड ११ लाख रुपैयाँ रहेको छ । तीन अर्ब ३३ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा ५ अर्ब ६२ करोड ३९ लाख रुपैयाँ सञ्चिति रहेको छ ।
 

Advertisment

थप समाचार