काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा परेको सार्वजनिक बिदाका दिनमा पनि आरटीजीएस प्रणाली सुचारु रहने जनाएको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले कात्तिक २६ गतेदेखि मंसिर ३ गते आइतबारसम्म परेको सार्वजनिक बिदाका दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो ।
उक्त दिनहरुमा आरटीजीएस प्रणाली बिहान १० बजेदेखि १२ बजेसम्म (दिनको २ घण्टा) सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ ।
Advertisment