काठमाडौं : उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत कात्तिक २१ गतेदेखि सर्वसाधारणमा जारी गरेको एफपीओमा लगानीकर्ताले आज कार्यालय समयसम्म आवेदन दिने सक्नेछन् ।
संस्थाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा एक करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता शेयर निष्काशन गरेको हो । लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरेका हो ।
लघुवित्तको एफपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
लघुवित्तको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन्।
Advertisment