काठमाडौं : धौलागिरी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १४.२५ प्रतिशतका दरले हुन आउने एक करोड ८९ लाख ६६ हजार ७५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले हुन आउने नौ लाख ९८ हजार २५० रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
Advertisment