काठमाडौं : आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले १३ करोड ३ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७६.२० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ७ करोड ३९ लाख ९६ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।
गत वर्षको सोही अवधिमा ८७ करोड ७ लाख ८७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको असोज मसान्तसम्म एक अर्ब १० करोड ३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले दावी भुक्तानी पनि बढाएको छ । असोज मसान्तसम्म कम्पनीले ६२ करोड १४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । जबकी गत आवको सोही अवधिमा कम्पनीले २८ करोड २२ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।
चार अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब ५३ करोड रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा १३ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको नाफा बढेपनि प्रतिसेयर आम्दानी घटेको छ । गत आवको सोही अवधिमा २१ रुपैयाँ १४ पैसा रहेको इन्स्योरेन्सको इपीएस घटेर १३.०४ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १७१.९९ रुपैयाँ रहेको छ ।
Advertisment