काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १७ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । शुक्रबार १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले ८ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने र नौं अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो । बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी फागुन १ गते र १८२ दिन अवधिको ट्रेजरी बिल २०८१ जेठ १ गते परिपक्क हुनेछ ।
उक्त ट्रेजरी बिलको बोलकबोल शुक्रबार दिँउसो ३ बजे हुने छ । यसअघि बैंकले बैंकले १२ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने र नौं अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment