Below Menu
Below Menu

राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्र लयमा फर्कियोः गर्भनर

राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्र लयमा फर्कियोः गर्भनर

काठमाडौं : एशियन बैंकर सङ्घको सम्मेलन काठमाडौँमा सुरु भएको छ । नेपाल बैंकर सङ्घ र एशियन बैंकर सङ्घको संयुक्त आयोजनामा सुरु दुई दिने सम्मेलनमा सदस्य देशका बैंकरहरुको सहभागिता छ ।

सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय बैंकरलाई आग्रह गरे । विश्व बैंक, एशियालि विकास बैंकलगायतले ठूला परियोजनामा लगानी गरिरहेकाले लगानीको वातावरण रहेको भन्दै उनले जलविद्युतलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख गरे ।

उनले कोभिडपछिको अर्थतन्त्रको पुनरुत्थान र दीगो बिकासका लागि सम्मेलन फलदायी हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीले नेपाली बैंकले छोटो समयमा प्रगति गरेको भन्दै डिजिटल बैंकिङमा जोड दिए ।

उनले बैंकमा लगानी बढाउन पनि आग्रह गरे । यसका साथै उनले अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक रहेको बताए ।कोरोना महामारीले विश्व अर्थतन्त्रमा देखिएको संकट, रुस–युक्रेन युद्धले निम्त्याएको मन्दीका कारण खस्किदै गएको नेपालको अर्थतन्त्र राष्ट्र बैंकको नीतिको लयमा फर्कन सकेको उनले दावी गरे ।

 सम्मेलन ‘एसियन बैंकिङः रोडम्याप फर रिकभरी एण्ड सस्टेइन्ड ग्रोथ’ नाराका साथ नाराका साथ सुरु भएको छ ।

Advertisment

थप समाचार