Below Menu
Below Menu

निर्जीवन बीमा व्यवसाय: अर्ब क्लबमा तीन कम्पनी, करिब ४० करोडले घट्यो व्यापार 

निर्जीवन बीमा व्यवसाय: अर्ब क्लबमा तीन कम्पनी, करिब ४० करोडले घट्यो व्यापार 

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चाल् आर्थिक वर्षको असोज मसान्तसम्ममा १० अर्बबढीको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले छ लाख ८१ हजार ४६४ बीमालेख बिक्री गरी १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

गत आवको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय करिब ४० करोड रुपैयाँले घटेको घटेको छ । गत आवको सोही अवधिमा कम्पनीहरुले ६ लाख ८९ हजार ४६८ बीमालेख बिक्री गरी १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।

अर्ब क्लबमा तीन कम्पनी

प्राधिकरणका अनुसार यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) रहेको छ । कम्पनीले यस अवधिमा ७५ हजार ४७० बीमालेख बिक्री गरी एक अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले असोजसम्ममा ७९ हजार ६९६ बीमालेख बिक्री गरी एक अर्ब छ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । त्यसैगरी शिखर इन्स्योरेन्सले यस अवधिमा ७५ हजार ९०४ बीमालेख जारी जारी गरी एक अर्ब चार करोड १२ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।

दुई कम्पनीको व्यवसाय ४० करोड भन्दा तल

आर्थिक मन्दीका कारण पछिल्लो समय बीमा कम्पनीहरुको व्यवसाय पनि खस्किदै गएको छ । बजारमा आर्थिक गतिविधि सुस्त हुँदा बीमा कम्पनीहरुको विजनेश पनि घट्दै गएको हो । केही सिमित कम्पनीले अर्ब भन्दा माथिको व्यवसाय गर्द नेपाल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनीको व्यवसाय भने ४० करोड भन्दा तल रहेको छ ।

असोज मसान्तसम्म नेपाल इन्स्योरेन्सले ३७ करोड ५२ लाख ३१ हजार रुपैयाँ र नेशनल इन्स्योरेन्स कम्पनीले ३७ करोड २० लाख २१ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस्तो छ अन्य कम्पनीको अवस्था

प्राधिकरणका अन्सार यस अवधिमा दि ओरियन्टलले ५२ करोड ५९ लाख १८ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले १० हजार ४४३ बीमालेख बिक्री गरी ५५ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सले असोज मसान्तसम्म ८४ करोड ३ लाख, प्रभु इन्स्योरेन्सले ५६ करोड ५८ लाख, एनएलजीले ६७ करोड ५५ लाख, हिमालयन एभरेष्टले ९४ करोड ८३ लाख  रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

त्यसैगरी चालु आवको पहिलो त्रैमाससम्म सानिमा जिआईसीले ५९ करोड ९४ लाख, आईजीआई प्रुडेसिन्यलले ८६ करोड १५ लाख र युनाइडेड अजोड इन्स्योरेन्सले ७० करोड १८ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

दुई लघुबीमाले उठाए ९१ लाख बीमाशुल्क

असोज मसान्तसम्ममा निर्जीवन बीमा अन्तर्गतका दुई लघुबीमा कम्पनीहरुले ९१ लाख रुपौयँ बढीको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले २ हजार ९७२ बीमालेख जारी गरी ९१ लाख ८९ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले ३० लाख ४६ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले ६१ लाख ४४ हजार रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो । 


 

Advertisment

थप समाचार