काठमाडौं : प्रभु बैंकसहित तीन कम्पनीले १४ लाख कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । प्रभु बैंक, आशा लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाले सस्ंथापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएका हुन् ।
कम्पनीहरुले १४ लाख एक हजार ६८५ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।
प्रभु बैंकले तीन लाख ९९ हजार ७१० कित्ता शेयर संस्थापक शेयरधनी र ५ लाख ६३ हजार ७७८ कित्ता शेयर संस्थापक शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिmत्रीमा ल्याएको हो ।
बैंकको तीन लाख ९९ हजार ७१० कित्ता शेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरू आगामी ३५ दिनभित्र र ५ लाख ६३ हजार ७७८ कित्ता शेयर खरिदका लदागि संस्थापक सहित सर्वसाधारण्ले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहलमा आवेदन पेश गर्न सक्नेछन् ।
त्यस्तै आशा लघुवित्तले तीन लाख ४४ हजार ९४३ कित्ता र विजय लघुवित्तले ९३ हजार २५४ कित्ता शेयर विद्यमान शेयरधनीका लागि बिक्रीमा ल्याएका छन् । यी दुई लघुवित्तको शेयर खरिदका लागि पनि आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम पछि कम्पनीले बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गर्ने जनाएको छ ।
Advertisment