Below Menu
Below Menu

खराब कर्जा बढ्दा निर्धन उत्थान लघुवित्त १४ करोडबढी नोक्सानीमा 

खराब कर्जा बढ्दा निर्धन उत्थान लघुवित्त १४ करोडबढी नोक्सानीमा 

काठमाडौं : निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार संस्थाले यस अवधिमा १४ करोड ३० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।गत आवको असोज मसान्तसम्म कम्पनीले तीन करोड २५ लाख ५० हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी घटेसँगै खराब कर्जा बढ्दा कम्पनीले नोक्सानी व्यहोरेको हो । यसका साथै असोज मसान्तसम्म आइपुग्दा इम्पेरिमेन्ट चार्ज बढेका कारण पनि नाफामा असर परेको हो ।

गत आवको असोज मसान्तसम्म ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले यस अवधिमा ४३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा संस्थाको ब्याज आम्दानी १०.४१ प्रतिशतले घटेको छ ।

यसका साथै समिक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी १३.४५ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा १४ करोड ३३ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

गत आवको असोज मसान्तसम्म ७.१४ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर १२.३५ प्रतिशत पुगेको छ । इम्पेरिमेन्ट चार्ज बढेर ३८ करोड ८० लाखमा पुगेको छ ।

यस अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ । असोज मसान्तसम्म आइपुग्दा लघुवित्तको इपीएस २१ रुपैयाँ ९० पैसा ऋणात्मक रहेको छ । 
 

Advertisment

थप समाचार