Below Menu
Below Menu

नाफासँगै घट्यो डिप्रोक्स लघुवित्तको प्रतिशेयर आम्दानी 

नाफासँगै घट्यो डिप्रोक्स लघुवित्तको प्रतिशेयर आम्दानी 

काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार संस्थाले यस अवधिमा आठ करोड ८२ लाख ६५ हजार  रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १०.९६ प्रतिशतले कम हो । जबकी गत आवको असोज मसान्तसम्म कम्पनीले नौं करोड ९१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन नाफा घट्दा नाफा घट्न पुगेको हो । यसका साथै असोज मसान्तसम्म आइएपुग्दा कम्पनीको निष्क्रिय कर्जासँगै इम्पेरिमेन्ट चार्ज बढेका कारण पनि नाफामा असर परेको हो ।

गत आवको असोज मसान्तसम्म ३३ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले यस अवधिमा ३३ करोड ४२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा संस्थाको ब्याज आम्दानी ०.५३ प्रतिशतले बढेको छ ।

यसका साथै समिक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ०.२९ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा १०.९६ प्रतिशतले घटेको छ । गत आवको असोज मसान्तसम्म ३.३८ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर ५.१४ प्रतिशत पुगेको छ । इम्पेरिमेन्ट चार्ज बढेर चार करोड ८९ लाखमा पुगेको छ ।

यस अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । असोज मसान्तसम्म आइपुग्दा लघुवित्तको एपीएस ३४ रुपैयाँ द्द९ पैसाबाट घटेर ३१ रुपैयाँ २२ रुपैयाँ ७६ पैसामा झरेको छ ।
 

Advertisment

थप समाचार