काठमाडौं : धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा आइपुग्दा संस्थाले २ करोड ९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
गत आवको असोज मसान्तसम्म ३९ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको संस्थाले यस अवधिमा खुद ब्याज आम्दानी घटेसँगै नोक्सान व्यहोरेको हो ।
समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै नाफा घट्न पुगेको हो । यसका साथै असोज मसान्तसम्म आइपुग्दा कम्पनीको निष्क्रिय कर्जा भने घटेको छ ।
गत आवको असोज मसान्तसम्म २ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले यस अवधिमा ७७ लाख ९० हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा संस्थाको ब्याज आम्दानी ६५.११ प्रतिशतले घटेको छ ।
यसका साथै समिक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ६२.३५ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा २ करोड ४२ लाख रुपैयाँ नोक्साीमा रहेको छ । गत आवको असोज मसान्तसम्म ५.८७ प्रतिशत रहेको संस्थाको खराब कर्जा घटेर ४.९९ प्रतिशतमा झरेको छ ।
Advertisment