Below Menu
Below Menu

खराब कर्जा बढेसँगै नाडेप लघुवित्तको खुद नाफा ९५.८४ प्रतिशतले घट्यो

खराब कर्जा बढेसँगै नाडेप लघुवित्तको खुद नाफा ९५.८४ प्रतिशतले घट्यो

काठमाडौं : नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार संस्थाले यस अवधिमा ५ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ९५.८४ प्रतिशतले कम हो । जबकी गत आवको असोज मसान्तसम्म कम्पनीले एक करोड २२ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै नाफा घट्न पुगेको हो । यसका साथै असोज मसान्तसम्म आइएपुग्दा कम्पनीको निष्क्रिय कर्जा बढेका कारण पनि नाफामा असर परेको हो ।

गत आवको असोज मसान्तसम्म ७ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले यस अवधिमा ५ करोड १९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा संस्थाको ब्याज आम्दानी २७.२८ प्रतिशतले घटेको छ ।

यसका साथै समिक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी २०.०३ प्रतिशत र सञ्चालन नाफा ९९.३२ प्रतिशतले घटेको छ । गत आवको असोज मसान्तसम्म ४.९७ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर ६.५६ प्रतिशत पुगेको छ ।

यस अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । असोज मसान्तसम्म आइपुग्दा लघुवित्तको एपीएस १० रुपैयाँ ८ पैसाबाट घटेर ४२ पैसामा झरेको छ ।

Advertisment

थप समाचार