काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले यस वर्ष लाभांश नबाँड्ने भएको छ । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकले लाभांश वितरण नगर्ने प्रस्तावसहित गत आर्थिक वर्षको वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गरेको छ।
Advertisment