Below Menu
Below Menu

उन्नति सहकार्य लघुवित्तको एफपीओ आजदेखि बिक्रीमा 

उन्नति सहकार्य लघुवित्तको एफपीओ आजदेखि बिक्रीमा 

काठमाडौं : उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणमा एफपीओ जारी गर्ने भएको छ । संस्थाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा एक करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता शेयर निष्काशन गर्न लागेको हो। 

लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो।

लघुवित्तको एफपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको एफपीओमा लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि मंसिर ५ गतेसम्म लम्बिनेछ।

लघुवित्तको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन्।

Advertisment

थप समाचार