निफ्राले ९० करोड ९४ लाख रुपैयाँ नगद लाभांश दिने 

निफ्राले ९० करोड ९४ लाख रुपैयाँ नगद लाभांश दिने 

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले ४.२१०५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सो बराबरको नगद लाभांश दिने भएको हो ।

Sponsored Advertisement

सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको ४.२१०५ प्रतिशतका दरले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको करसहितको नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

थप समाचार