काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्थाले शेयरधनी किताब खाता (बुक क्लोज) को मिति तोकेको छ । संस्थाले साधारणसभा प्रयोजनार्थ मंसिर ७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो । जस अनुसार मंसिर ६ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्न लागेको लाभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।
शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर २५ गते शुक्रबार संस्थाको दशौं वार्षिक साधारणसभा गर्ने निर्णय गरेका छन् । उक्त सभा सो दिन बुटवलमा हुनेछ ।
सो सभाले लघुवित्तले घोषणा गरेको हाल कायम रहेको चुक्ता पूँजीको ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँ बराबरको ९.०५२६ प्रतिशतका दरले हुन आउने ७ करोड ४७ लाख ८२ हजार ८६५ रुपैयाँ २२ पैसा बराबरको लाभांश प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले ८.६० प्रतिशतका दरले हुन आउने ७ करोड ४७ लाख ८२ हजार ८६५ रुपैयाँ २२ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.४५२६ प्रतिशतका दरले हुन आउने ३९ लाख ३५ हजार ९४० रुपैयाँ २७ पैसा बराबरको नगद लाभांश दिने घोषणा गरेको हो ।
Advertisment