Below Menu
Below Menu

आजदेखि सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक ,यस्तो छ बिक्री मूल्य 

आजदेखि सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक ,यस्तो छ बिक्री मूल्य 

काठमाडौं : राष्ट्र बैंकले आजदेखि सुनचाँदीका सिक्का र असर्फी बिक्री गर्ने भएको छ ।  हरेक वर्ष तिहारको अवसरमा सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै आएको बैंकले यस वर्षपनि मुद्रण विभागमार्फत सर्वसाधारणमा आजदेखि सिक्का बिक्री गर्न शुरु गरेको हो ।

तिहारको अवसरमा राष्ट्र बैंकले बिक्री वितरण गर्ने सुनचाँदी असर्फीको कोटा तोकेको छ । बैंकले प्रतिव्यक्ति बढीमा सुनको असर्फी एक सेट (१० ग्राम, ५ ग्राम, र २.५ ग्राम) कोटा तोकेको छ ।

त्यस्तै राष्ट्र बैकले चाँदीको सिक्का (मेडालियन) एक सेट (गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मीअंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम० कोटा तोकेको छ ।

उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्युआर मार्फत भुक्तानी गर्न सकिने समेत राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार उक्त असर्फी र सिक्का कात्तिक १९ गते अर्थात आजदेखि २४ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्रीमा रहने छ ।

यस्तो छ बिक्री मूल्य 

राष्ट्र बैंकले आजदेखि बिक्रीमा ल्याएको सुनको असर्फी र चाँदीका सिक्का –मेडालियन) को मूल्य तोकेको छ । बैंकका अनुसार १० ग्राम सुनको असर्फीको मूल्य एक लाख २ हजार ३६५ रुपैयाँ रहेको छ । त्यस्तै, ५ ग्रामको ५१ हजार १८३ रुपैयाँ र २.५ ग्रामको २५ हजार ५९२ रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकले चाँदीको सिक्का (मेडालियन) को मूल्य १० ग्राम लक्ष्मी गणेश, जगलक्ष्मी र गाई अंकित मेडालियनको एक हजार ६ सय रुपैयाँ र २५ ग्राम गाई अंकित मेडालियनको मूल्य चार हजार रुपैयाँ तोकको छ । 
 

Advertisment

थप समाचार