Below Menu
Below Menu

खराब कर्जाको दबाबमा बैंकहरु, तीन महिनामै १८.६० प्रतिशतले घट्यो नाफा 

खराब कर्जाको दबाबमा बैंकहरु, तीन महिनामै १८.६० प्रतिशतले घट्यो नाफा 

काठमाडौं : हाल सञ्चालनमा रहेका विभिन्न २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको चौथो पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा बैंकहरुले १३ अर्ब ४७ करोड २० लाख रुपैयाँ बराबरको नाफा कमाएका छन् ।

उक्त नाफा अघिल्लो आवको तुलनामा १८.६० प्रतिशतले  कम हो । आव २०७९/८० को असोज मसान्तसम्म १६ अर्ब ५५ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । यस असार मसान्तसम्म आइपुग्दा अधिकांश बैंकहरुको नाफा घटेको छ ।

यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । असोजसम्म बैंकले १ अर्ब ५२ करोड नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा उक्त नाफा ३३.४७ प्रतिशले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड नाफा कमाएको थियो । 

पहिलो त्रैमाससम्म आइपुग्दा एघार बैंकको नाफा घटेको छ भने नौं वटा बैंकहरुको नाफा बढेको छ । त्यस्तै कृषि विकास बैंक भने नोक्सानीमा रहेको छ । अधिकांश बैंकहरुको खराब कर्जा बढ्दा बैंकहरुको नाफामा असर परेको हो ।

नाफा कमाउने आठ बैंक

चालु आवको पहिलो त्रैमाससम्म आठ वटा बैंकहरुको नाफा बढेको छ । असोज मसान्तसम्म नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३३.४७ प्रतिशत, ग्लोबल आईएमईको ३.०४ प्रतिशत, हिमालयन बैंकको ९८.३५ प्रतिशत, प्राइम बैंकको ३१.७३ प्रतिशतले नाफा बढेको छ ।

त्यस्तै, एनएमबि बैैंकको नाफा ६.५३ प्रतिशतले बढेको छ भने प्रभु बैंकको ४६.७० प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २.०१ प्रतिशत र माछापुच्छ्रे बैंकको नाफा २०.१८ प्रतिशतले बढेको छ ।

कृषि विकास बैंक नोक्सानीमा

यता कृषि विकास बैंकले भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै ८८ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा बैंक २२ करोड रुपैयाँ नाफामा कमाएको बैंैक असोज मसान्तसम्म आइपुग्दा नोक्सानीमा गएको हो । 

एघार बैंकको नाफा ऋणात्मक

असोज मसान्तसम्म आइपसग्दा एघार बैंकको नाफा घटेको छ । यस अवधिमा नबिल बैंकको ६.५१ प्रतिशत, राष्ट्रिय वाण्ज्यि बैैंकको ३१.०३ प्रतिशत, एनआईसी एशिया बैंकको ४२.४९ प्रतिशत, एभरेष्टको ९.४५ प्रतिशत, सानिमा बैंकको ११.९१ प्रतिशतले नाफा घटेको छ ।

त्यसैगरी यस अवधिमा नेपाल एसबिआई बैंकको २३.६२ प्रतिशत, कुमारी बैंैकको ७३.६४ प्रतिशत, सिटिजन बैंकको १९.७० प्रतिशत, नेपाल बैंकको ७६.५३ प्रतिशत, सिद्धार्थ बैंकको ९१.४० प्रतिशत र लक्ष्मी सनराइज बैंकको नाफा ७९.५३ प्रतिशतले नाफा विवरणले देखाएको छ । 

नाफा रु हजारमा 


 

Advertisment

थप समाचार