Below Menu
Below Menu

एभरेष्ट बैंकको वितरणयोग्य नाफा साढे चार अर्ब बढी, प्रतिशेयर आम्दानी पनि बढ्यो

एभरेष्ट बैंकको वितरणयोग्य नाफा साढे चार अर्ब बढी, प्रतिशेयर आम्दानी पनि बढ्यो

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ५४ करोड ७ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो आवको तुलनामा ९.४५ प्रतिशतले कम हो । जबकी गत आवको सोही अवधिमा बैंकले ८६ करोड २२ लाख ३७ रुपैयाँँ नाफा कमाएको थियो । उक्त वित्तीय विवरण अनुसार असोज मसान्तसम्म आइपुग्दा बैंकको इम्पेरिमेन्ट चार्ज बढेसँगै नाफा बैंकको नाफा घटेको हो ।

गत आवको सोही अवधिमा एक अर्ब ८८ करोड ५४ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी असोज मसान्तसम्म आइपुग्दा एक अर्ब ८९ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म बैंकको सञ्चालन नाफा ९.४५ प्रतिशतले घटेर एक अर्ब ११ करोड ५४ लाख रुपैयाँ पुगेको छ । गत आवमा ०.३३ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ०.९० प्रतिशत पुगेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ १९ पैसा रहेको छ भने बैंकको वितरणयोग्य नाफा चार अर्ब ५२ करोड १० लाख रुपैयाँ रहेको छ । लाख रुपैयाँ रहेको छ ।
 

Advertisment

थप समाचार