Below Menu
Below Menu

नाफासँगै बढ्यो माछापुच्छ्रे बैंकको प्रतिशेयर आम्दानी  

नाफासँगै बढ्यो माछापुच्छ्रे बैंकको प्रतिशेयर आम्दानी  

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ५४ करोड २२ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो आवको तुलनामा २०.१८ प्रतिशतले बढी हो । जबकी गत आवको सोही अवधिमा बैंकले ४५ करोड ११ लाख रुपैयाँँ नाफा कमाएको थियो । उक्त वित्तीय विवरण अनुसार असोज मसान्तसम्म आइपुग्दा बैंकको इम्पेरिमेन्ट चार्ज घटेसँगै नाफा बैंकको नाफा बढेको हो ।

गत आवको सोही अवधिमा २९ करोड ३० लाख रुपैयाँ रहेको बैंकको इम्पेरिमेन्ट चार्ज चालु आवको असोज मसान्तसम्म आइपुग्दा एक करोड २२ लाख ८९ हजारमा झरेको छ ।

त्यस्तै, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९५ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ४.४० प्रतिशत र कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशतले घटेको  छ ।

असोज मसान्तसम्म बैंकको सञ्चालन नाफा २१.६५ प्रतिशतले बढेर ७८ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत आवमा १.३ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर २.५६ प्रतिशत पुगेको छ । समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ६६ पैसा रहेको छ भने बैंकको वितरणयोग्य नाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
 

Advertisment

थप समाचार