Below Menu
Below Menu

इम्पेरिमेन्ट चार्ज बढ्दा नबिल बैंकको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 

इम्पेरिमेन्ट चार्ज बढ्दा नबिल बैंकको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 

काठमाडौं : नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो आवको तुलनामा ६.५१ प्रतिशतले कम हो । जबकी गत आवको सोही अवधिमा बैंकले एक अर्ब ५७ करोड १५ लाख रुपैयाँँ नाफा कमाएको थियो । उक्त वित्तीय विवरण अनुसार असोज मसान्तसम्म आइपुग्दा बैंकको इक्पेरिमेन्ट चार्ज बढेका कारण  नाफामा असर परेको हो ।

यसका साथै यस अवधिमा बैंकको इम्पेरिमेन्ट चार्ज बढेर एक अर्ब ११ करोड १६ लाख पुगेको छ । सञ्चालन नाफा पनि ४.६८ प्रतिशतले घटेर २ अर्ब १२ करोड ६१ लाख रुपैयाँमा झरेको छ ।

गत आवको सोही अवधिमा ३ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी असोज मसान्तसम्म आइपुग्दा १३.५१ प्रतिशतले बढेर ४ अर्ब १७ करोड ३९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै खुद फि तथा कमिसन आम्दानी २०.२१ प्रतिशतले बढेको छ।

गत आवमा २.३३ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ३.६९ प्रतिशत पुगेको छ । नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेर २६ रुपैयाँ २४ पैसा झरेको छ भने बैंकको वितरणयोग्य नाफा तीन अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ ।
 

Advertisment

थप समाचार