काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले पाँच करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २०.५२ प्रतिशतले कम हो । गत आवमा कम्पनीले ६ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै संस्थाको नाफा घटेको हो ।
गत आवको सोही अवधिमा कम्पनीले १२ करोड एक लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने चालु आवको असोज मसान्तसम्म संस्थाले आठ करोड एक लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
गत आवको सोही अवधिको तुलनामा संस्थाको ब्याज आम्दानी ३३.२७ प्रतिशतले घटेको हो । त्यस्तै यस अवधिमा संस्थाको कुल सञ्चालन नाफा २६.६० प्रतिशतले घटेको छ भने सञ्चालन नाफा २०.५२ प्रतिशतले घटेको छ ।
यस अवधिमा कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा २६ रुपैयाँ ४५ पैसा रहेको संस्थाको प्रतिशेयर आम्दानी बढेर चालु आवको असोज मसान्तसम्म आइपुग्दा १७ रुपैयाँ ७७ पैसा झरेको छ । त्यस्तै यस अवधिमा कम्पनीको निष्क्रिय कर्जा बढेर १.९१ प्रतिशतमा पुगेको छ ।
Advertisment