Below Menu
Below Menu

तिहारमा एक व्यक्तिले एक सेट मात्र सुनचाँदीको असर्फी पाउने 

तिहारमा एक व्यक्तिले एक सेट मात्र सुनचाँदीको असर्फी पाउने 

काठमाडौं : तिहारको अवसरमा राष्ट्र बैंकले बिक्री वितरण गर्ने सुनचाँदी असर्फीको कोटा तोकेको छ । बैंकको सूचना अनुसार प्रतिव्यक्ति बढीमा सुनको असर्फी एक सेट (१० ग्राम, ५ ग्राम, र २.५ ग्राम) कोटा तोकेको छ ।

त्यस्तै राष्ट्र बैैंकले चाँदीको सिक्का (मेडालियन) एक सेट (गार्ई अंकित २५ ग्राम, गार्ई अंकित १० ग्राम, लक्ष्मीअंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम) कोटा तोकेको छ ।

उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्युआर मार्फत भुक्तानी गर्न सकिने समेत राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकका अनुसार उक्त असर्फी र सिक्का कात्तिक १९ गतेदेखि २४ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्रीमा रहने छ । 
 

Advertisment

थप समाचार