काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । बैंकले लाभांश र मर्जर प्रस्ताव पारित गर्न साधारण बोलाएको हो । बैंकको सो सभा मंसिर ५ गते आम्रपाली बैङक्वेट, बालुवाटार, काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
सोमबार बसेको बैंकको सञ्चालक समितिको बैंठकले बैंकको २२ औं वार्षिक साधारण सभा गर्न लागेको हो । सो सभा शेयरधनीहरुलाई वितरण गर्न लागेको ४.२१ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।
साथै लेखापरीक्षक नियुक्त गर्ने र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
बैंकले हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको कर सहितको नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
उक्त साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक २१ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार कात्तिक २० गतेसम्म कायम भएका शेयरधनीहरुले मा बैंककको साधारण सभामा सहभागिता हुन र बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।
Advertisment