Below Menu
Below Menu

सूर्यदर्शन र इमेज सहकारी पनि समस्याग्रस्त घाेषणा

सूर्यदर्शन र इमेज सहकारी पनि समस्याग्रस्त घाेषणा

कास्की : पाेखरा स्थित सूर्यदर्शन र इमेज सहकारीलाई समस्याग्रस्त घाेषणा गरिएको छ।

पाेखरा महानगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले दुबै सहकारीलाई समस्याग्रस्त घोषणा गरेर आवश्यक कारबाहीका लागि प्रदेशमा सिफारिस गर्ने निर्णय गरेको छ। पोखरा महानगरका प्रवक्ता मोती तिमिल्सिनाका अनुसार प्रदेश हुँदै संघबाट आवश्यक निरीक्षण र कारबाही प्रक्रिया अघि बढ्ने बताए ।

सूर्यदर्शन सहकारीबाट १ अर्ब ३५ करोड ठगी भएको उजुरी परेको छ । सहकारीविरुद्ध १ हजार ३६ जनाले उजुरी दिएका छन् । १ अर्ब ११ करोड बिगो माग दाबीसहित प्रहरीले मुद्दा दर्ता गरेको छ । १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

त्यसैगरी इमेज सहकारीविरुद्ध करिब २ अर्ब ठगीको आरोप छ । उक्त सहकारीविरुद्ध बागलुङ र पोखरामा करिव १६ सय उजुरी दर्ता भएको छ । अदालतले ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यतिबेला दुबै सहकारीका सञ्चालकहरु फरार छन् ।

 

Advertisment

थप समाचार