Below Menu
Below Menu

स्वावलम्बन लघुवित्तद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 

स्वावलम्बन लघुवित्तद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 

काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

संस्थाले हाल कायम रहेको चुक्ता पुँजीको १२.३५९९ प्रतिशतका दरले हुन आउने १५ करोड ९५ लाख ४ हजार ५ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.६५०५ प्रतिशतका दरले हुन आउने ८३ लाख ९४ हजार ९७४ रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 
 

Advertisment

थप समाचार