Below Menu
Below Menu

मिर्मिरे लघुवित्तको एफपीओमा आजसम्म आवेदन दिन सकिने 

मिर्मिरे लघुवित्तको एफपीओमा आजसम्म आवेदन दिन सकिने 

काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले अजोज २५ गतेदेखि सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

संस्थाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको एफपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिन सकिने छ । 

लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो।

लघुवित्तको एफपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

लघुवित्तको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन्।

Advertisment

थप समाचार