काठमाडौं :नेपाल लघुवित्त बैंकर्स संघका महासचिव राम बहादुर यादवले लघुवित्त क्षेत्रले ग्रामीण अर्थतन्त्रमा ठुलो योगदान दिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजना गरिएको महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘लघुवित्तका कारण अहिले ग्रामीण क्षेत्रमा धेरै कुराहरु परिवर्तन भएको अवस्था छ । पर्याप्त रुपमा आर्थिक रुपमा पहुँच पुगेको छ । ७० लाख घरले सेवा लिएका छन् । ग्रामिण भेगका महिलालाई स्वरोजगार बनाउन मद्दत पुगेको छ ।’
यसका साथै उनले सडकमा आन्दोलन गर्दैमा कर्जा मिनाहा नहुने बताए उनले भने, ‘लघुवित्तबाट बिनाधितो ४ खर्ब ३२ अर्ब रुपैयाँको लगानी भएको छ । कर्जा मिनाहा हुनुपर्छ भनेर सडकमा आन्दोलन गरिरहेका छन । सडकमा आन्दोलन गर्दैमा कर्जा मिनाह हुदैन । सडकमा आएर हुदैन, बसेर छलफल गर्नु पर्छ ।’
महिलाहरुलाई सामाजिक रुपमा सशक्त बनाउनका लागि लघुवित्तको भुमिका महत्वपूर्ण रहेको उनको भनाई छ । आर्थिक संकटमा देश गुज्रिरहेका बेला सकारात्मक सोचका साथ अघि बढ्नपर्ने उनको तर्क छ ।
उनले भने, ‘देश अहिले आर्थिक रुपमा मन्दिको अवस्थामा छ । यस्तो बेला सकारात्मक सोचका साथ आफ्नो विकल्पको रुपमा काम गर्नुपर्छ । वित्तीय क्षेत्र नै राम्रोसँग अगाडि बढन सकेन भने हाम्रो आर्थिक गतिको अवस्था कस्तो होला भनेर जोसुकैले पनि सोच्छन् । आर्थिक र सामाजिक रुपमा सक्षम बनाउनका लागि हामिले कम्मर गर्नु पर्छ ।’
Advertisment