Below Menu
Below Menu

बीमा कम्पनीको लाभांश वितरणमा प्राधिकरणको अंकुश, यस्ता छन् शर्तहरु 

बीमा कम्पनीको लाभांश वितरणमा प्राधिकरणको अंकुश, यस्ता छन् शर्तहरु 

काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको नाफा वितरणमा अंकुश लगाईदिएको छ । प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०८० जारी गर्दै कम्पनीहरूको नाफा वितरणमा कडाइ गरेको हो । लगानीलाई विकेन्द्रित गर्न प्रोत्साहन दिएको प्राधिकरणले उक्त निर्देशिकामार्फत् लाभांश वितरणमा कडाई गरेको हो ।

प्राधिकरणले जारी गरेको उक्त निर्देशिकामा वितरणयोग्य मुनाफाको व्यवस्थामा बीमा कम्पनीले लगानी गरेको पब्लिक लिमिटेड कम्पनी तीन वर्षसम्म धितो पत्र सम्बन्धी कानुन बमोजिम सूचीकृत नभएमा बीमा कम्पनीले वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७९/८० देखिनै लागु हुने गरी प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । कम्पनीले शेयर वा म्युचुअल फन्डमा गरेको लगानी प्रचलित कानुन बमोजिम धितो पत्र बजारको सूचीबाट हटेमा वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने प्राधिकरणले जनाएको छ ।

यसका साथै अन्य आयको विवरणमा समायोजन भई सिर्जना भएका कोषहरुको कुल योगफल ऋणात्मक भएमा बीमा कम्पनीको वितरणयोग्य मुनाफा गणना गर्दा सो बराबरको रकम घटाउनुपर्ने व्यवस्था गरेको छ ।

‘नेट गेन अर फेयर भ्यालु चेन्ज र शेयर अफ नेट प्रोफिट अफ एसोसियट्स अकाउन्टेड युजिङ इक्विटी मेथड’ शीर्षक अन्तर्गत बीमा कम्पनीको नाफा–नोक्सानको विवरण मा समायोजन भई सञ्चित मुनाफा हिसाबमा जम्मा भएको धनात्मक ‘एक्युमुलेसन गेन अन फेयर भ्यालु र धनात्मक शेयर अफ नेट प्रोफिट र एसोसियट्स अकाउन्टेड युजिङ इक्विटी मेथड’ को कुल रकम बीमा कम्पनीको वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्नेछ’, प्राधिकरणले जारी गरेको निर्देशिकामा भनिएको छ ।

बीमकको प्रवाह गरेको कर्जामा समेत नोक्सान भएमा वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने प्रावधान रहेको छ । यसका साथै प्राधिकरणले निर्देशिका मार्फत बीमा कम्पनीहरुले खराब कर्जाका लागि पनि प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था तोकिदिएको छ ।

प्राधिकरणले बुँदा नं. १७ को उपदफा १ मा बीमकले प्रवाह गरेको कुनै कर्जाको भाखा नाघेमा सो कर्जा रकम बराबरको रकम वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने व्यवस्था थप गरेको छ ।

बीमकले प्रवाह गरेको कर्जाको इम्पेयरमेन्ट गरेको अवस्थामा इम्पेयरमेन्ट गरी खर्च लेखाङ्कन गरेको रकम भन्दा उपदफा (१) बमोजिम घटाउनुपर्ने रकम बढी भएमा सो बढी रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने निर्देशिका उल्लेख गरिएको छ । 

बीमा कम्पनीले वितरणयोग्य मुनाफा वितरणका लागि पुराना लिन बाँकी हिसाबसमेत घटाउनुपर्ने प्राधिकरणले जनाएको छ । बीमकले अन्य बीमक, पुनर्बीमक र ब्रोकरबाट लिन बाँकी देखिएको हिसाबको लागि गरेको इम्पेयरमेन्ट खर्च तोकिएको भाखा नाघेको कर्जा रकम बढी भएमा पनि उक्त रकमलाई वितरणयोग्य मुनाफामा गणना घटाउनुपर्ने भएको हो ।

यस्ता छन् लाभांश घोषणामा प्राधिकरणका शर्तहरु

प्राधिकरणले नयाँ निर्देशिकामा बीमा कम्पनीहरूको लाभांश घोषणामा विभिन्न शर्तहरु राखेको छ । जसमा बीमा कम्पनीहरूले ऐनको दफा ४३ को अधिनमा रही वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गर्नुअघि तोकिएको कागजात तथा विषय खुलाई स्वीकृतिका लागि प्राधिकरणमा निवेदन दिनुपर्ने छ ।

बीमा ऐनको दफा १०१ बमोजिम बीमा कम्पनी समस्याग्रस्त घोषणा नभएको, ऐनको दफा ४३ को उपदफा (१) को अवस्था विद्यमान नरहेको, प्राधिकरणले बीमा कम्पनीको व्यवसाय आंशिक वा पूर्ण रूपमा रोक नलगाएको, ऐनको दफा ३६, ३८, ३९, ४०, ४१ र ४२ को व्यवस्था पूर्ण रूपमा पालना गरेको हुनुपर्ने छ ।

यसका साथै व्यवस्थापनबाट प्रमाणित गरिएको वित्तीय विवरण, बाह्य लेखा परीक्षकको प्रारम्भिक प्रतिवेदन र सो सम्बन्धमा बीमा कम्पनीको सञ्चालक समितिले पेस गरेको जवाफ लगायतका कागजातहरू प्राधिकरणमा पेस गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

बीमा कम्पनीले बुझाएको कागजात वा निवेदनको सम्बन्धमा छलफल गर्न आवश्यक परेमा बीमा प्राधिकरणले बीमा कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख, लेखा परीक्षक वा सम्बन्धित कुनै व्यक्तिलाई बोलाउन सक्नेछ र त्यसरी बोलाएको बखत प्राधिकरणमा उपस्थित हुनु पर्ने छ ।

कम्पनीहरुले प्राधिकरणमा बुझाउने निवेदनका साथ पेस गरेका कागजात तथा विवरण जाँच गर्दा उपयुक्त देखिएमा र कागजात तथा विषयको जाँच गर्दा प्राधिकरणले लाभांश घोषणा नगर्न निर्देशन दिन वा सर्तसहित लाभांश घोषणा गर्न स्वीकृत दिन सक्नेछ ।
 

Advertisment

थप समाचार