काठमाडौं : सिद्धार्थ बैंक सहित दुई कम्पनीले साढे पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । सिद्धार्थ बैंक र मल्टीपर्पस फाइनान्स कम्पनीले संथापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएका हुन् ।
कम्पनीहरुले पाँच लाख ५० हजार ५७३ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।
सिद्धार्थ बैंकले ५ लाख ४९ हजार ५७३ कित्ता र मल्टीपर्पस फाइनान्सले एक हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । सिद्धार्थ बैंकको शेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् ।
त्यस्तै मल्टीपर्पस फाइनान्सको शेयर खरिदका लागि पनि आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम पछि कम्पनीले बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गर्ने जनाएको छ ।
Advertisment