Below Menu
Below Menu

माछापुच्छ्रे बैंकसहित तीन कम्पनीको एक करोडबढी कित्ता शेयर बिक्रीमा 

माछापुच्छ्रे बैंकसहित तीन कम्पनीको एक करोडबढी कित्ता शेयर बिक्रीमा 

काठमाडौं : माछापुच्छ्रे बैंक सहित तीन कम्पनीले एक करोड बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल प्रभु बैंक र नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संथापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएका हुन् ।

कम्पनीहरुले एक करोड १२ लाख ९६ हजार ९३४ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् । 

माछापुच्छ्रे बैंकले १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता र नेशनल लघुवित्तले ६४ हजार ४४२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

माछापुच्छ्रे बैंकको शेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटलको सुन्धारास्थित शेयर विभागमा आवेदन पेश गर्न सक्नेछन् ।

त्यस्तै नेशनल लघुवित्तको शेयर खरिदका लागि पनि आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा नगरपालिका वडा नम्बर १०, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।

प्राइम बैंकको शेयर खरिद गर्न पाउने इच्छुक शेयरधनीले आवश्यक कागजपत्र सहित सूचना प्रकाशित भएको ३५ दिन भित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्नुपर्ने छ ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम पछि कम्पनीले बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गर्ने जनाएको छ ।
 

Advertisment