Below Menu
Below Menu

बैंकहरुको कर्जा लगानी ठप्पः सिडि रेसियो ८१ प्रतिशतमा झर्यो, पर्ख र हेरको अवस्थामा व्यवसायी

बैंकहरुको कर्जा लगानी ठप्पः सिडि रेसियो ८१ प्रतिशतमा झर्यो, पर्ख र हेरको अवस्थामा व्यवसायी

काठमाडौं : महँगो ब्याजदरका कारण कर्जा लगानी हुन नसक्दा बैंकिङ प्रणालीमा निक्षेप थुप्रिदै गएको छ । गहिरिदो आर्थिक संकट र चर्को ब्याजदरका कारण बजारमा आर्थिक गतिविधिमा कमि आएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रस्वाह सुस्त छ ।

बैंकहरुमा लगानीयोग्य रकम (तरलता) हुँदा पनि बढ्दो ब्याजदरको कारण लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । जसका कारण कर्जा लगानी हुन सकेको छैन भने बैैंकिङ प्रणालीमा पैसा थुप्रिदै गएको छ । 

केही समय देखि निरन्तर थुप्रिदै गएको बैंक थतथा वित्तीय संस्थाको निक्षेप यो साता भने घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत शनिबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब रुपैयाँ बराबरको निक्षेप घटेको । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने ठप्प रहेको छ ।

गत शनिबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन २ अर्बले घटेर ५८ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् असोज १९ गते शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थामा ५८ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँले घटेको छ । भने अन्य वित्तीय क्षेत्रमा ६ अर्ब ८१ करोड रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिनसम्म ५१ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा सो दिन २ अर्ब निक्षेप घटेर ५१ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप घटेपनि कर्जा लगानी भने सुस्त देखिएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ४९ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४३ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ५ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर र सिडि रेसियो पनि घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर १.७५ प्रतिशत रहेको छ भने सिडि रेसियो ८१.७४ बिन्दुमा झरेको छ ।

बजारमा तरलता सहज भएसँगै सरकारले सस्तो ब्याजदरमा ऋण उठाइ रहेको छ । सरकारले चालू आर्थिक वर्षको असोज १८ गतेसम्ममा विकास ऋणपत्र मार्फत ८२ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । राष्ट्र बैंक मार्फत सरकारले औसत ६.९७ प्रतिशतको ब्याजदरमा नै कूल ८२ अर्ब ३१ करोड रुपैयाँ ऋण उठाएको हो ।

Advertisment