Below Menu
Below Menu

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव, नगद र बोनस कति ? 

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव, नगद र बोनस कति ? 

काठमाडौं : शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई ११.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

बैंकले हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशतका दरले हुन आउने ४४ करोड ९८ लाख ७ हजार ७२३ दशमलव ३८ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशतका दरले हुन आउने २ करोड ३६ लाख ७४ हजार ९१ दशमलव ४४ रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् । 

Advertisment