Below Menu
Below Menu

राष्ट्र बैंकले १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्ने 

राष्ट्र बैंकले १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्ने 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १७ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बराबरको ९१ दिने, ६ अर्ब ४६ करोड रुपैयाँ बराबरको १८२ दिने र तीन अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी पुस २४ गते र १८२ दिन अवधिको ट्रेजरी बिल २०८१ चैत २७ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ असोज २२ गते परिपक्क हुनेछ ।

उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ भने मंगलबार वितरण हुने छ । यसअघि बैंकले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने, सात अर्ब ५ करोड रुपैयाँ बराबरको ९१ दिने र  पाँच अर्ब ३० करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गरेको थियो । 
 

Advertisment