Below Menu
Below Menu

आरएसडिसी लघुवित्तद्वारा लाभांश प्रस्ताव, नगद र बोनस कति ? 

आरएसडिसी लघुवित्तद्वारा लाभांश प्रस्ताव, नगद र बोनस कति ? 

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

लघुवित्तले हाल कायम रहेको चुक्ता पूँजीको ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँ बराबरको ९.०५२६ प्रतिशतका दरले हुन आउने ७ करोड ४७ लाख ८२ हजार ८६५ रुपैयाँ २२ पैसा बराबरको लाभांश दिने घोषणा गरेको हो ।

जसमा कम्पनीले ८.६० प्रतिशतका दरले हुन आउने ७ करोड ४७ लाख ८२ हजार ८६५ रुपैयाँ २२ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.४५२६ प्रतिशतका दरले हुन आउने ३९ लाख ३५ हजार ९४० रुपैयाँ २७ पैसा बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 


 

Advertisment