Below Menu
Below Menu

राष्ट्र बैंकले आजदेखि बजारमा ल्यायो २० रुपैयाँको नयाँ नोट 

राष्ट्र बैंकले आजदेखि बजारमा ल्यायो २० रुपैयाँको नयाँ नोट 

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार देृखि बजारमा २० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभागले एक सूचना जारी साविककै रंग र आकारमा  ठ ८७ ०००००१ देखि त १८ ९९९९९९सम्मको नयाँ नोट निष्कासन गरेकाे हो । 

राष्ट्र बैंकका अनुसार नयाँ नोटमा बायाँ तर्फ सगरमाथाको चित्र र दायाँ तर्फ लालीगराँसको पानी छाप चित्र अंकित रहने छ । त्यस्तै, गभर्नरको दस्तखत रहेको स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ ।

त्यस्तै, नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने मध्य भागमा दुई वटा बाह्रसिंगाको चित्र छ । नोटको तल्लो भागमा अंग्रेजीमा रुपिज ट्वान्टी लेखिएको र तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा ‘२०२३ ए.डी’ लेखिएको छ । 
 

Advertisment