Below Menu
Below Menu

प्रभु र कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने 

प्रभु र कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने 

काठमाडौं : दुई वाणिज्य बैंकले ३१ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । प्रभु र कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३१ हजार २२४ कित्ता शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।

प्रभु बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २० हजार २०२ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुका लागि बिक्रीमा ल्याएको थियो । बैंकको शेयर खरिदका लागि ३५ दिने सूचना जारी गर्दा पनि संस्थापक शेयरभधनीबाट आवेदन नपरेपछि बैंकले सर्वसाधारणका लागि शेयर बिक्रीमा ल्याएको हो । 

बैंकको शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले आवश्यक कागजपत्र सहित सूचना प्रकाशित भएको १५ दिन भित्र बैंकको केन्द्रीय बबरमहलमा आवेदन पेश गर्नुपर्ने छ ।

त्यसैगरी कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ११ हजार २२ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

बैंकको शेयर खरिद गर्न पाउने इच्छुक शेयरधनीले आवश्यक कागजपत्र सहित सूचना प्रकाशित भएको ३५ दिन भित्र बैंक शेयर रजिष्ट्रार कुमराी क्यापिटल र बैंकको प्रधान कार्यालय टंगालमा आवेदन पेश गर्नुपर्ने छ ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम पछि कम्पनीले बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गर्ने जनाएको छ ।

Advertisment