Below Menu
Below Menu

देउराली बहुद्देश्यीय सहकारीका अध्यक्ष चौलागाई पक्राउ, चार करोड हिनामिना गरेको आरोप 

देउराली बहुद्देश्यीय सहकारीका अध्यक्ष चौलागाई पक्राउ, चार करोड हिनामिना गरेको आरोप 

काठमाडौं : देउराली बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाई पक्राउ परेका छन् । सहकारीको रकम हिनामिनाको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असाेज १६ गते पक्राउ गरेको हो । अध्यक्ष चौलागाईले सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिनाको प्रहरीको आरोप छ । 

सीआईबीका अनुसार काभ्रेको चौरी देउराली गाउँपालिका वडा नम्बर ६ का स्थानीय बासिन्दा चौलागाईंले निक्षेपकर्ताहरूको सो बराबरको रकम हिनामिना गरेका हुन् । 

सहकारीका संचालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेप कर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए । 

उक्त रकम मासिक÷त्रैमासिक र वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेका थिए । बचतकर्ताहरुको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक/पटक ताकेता गर्दा पनि  सहकारीले बचत फिर्ता दिएन । 

सहकारीले बचत फिर्ता नदिएपछि निक्षेप जोखिममा रहेको भन्दै बचतकर्ताहरुले उजुरी दिएका थिए । सहकारीले भने बचतकर्तालाई कहिले पैसा दिन भाखा सार्दै त कहिले जग्गा दिने प्रलोभन देखाउँदै आएको थियो । समस्यामा रहेको उक्त सहकारीबारे सीआईबीले अनुसन्धान गरेको हो।
 

Advertisment